गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजारको स्वास्थ्य उपकरण हस्तान्तरण

  • २०८३ आश्विन २७, मंगलबार (१ मिनेट अघि)
  • ० पाठक संख्या
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजारको स्वास्थ्य उपकरण हस्तान्तरण

धादिङ– गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख ७५ हजार ७ सय ७१ रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकसहित स्थानीय समुदायलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल, धादिङको सहकार्यमा स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा १०० लिटर क्षमताको बाफद्वारा निर्मलीकरण गर्ने मेसिन, सिरिन्जमार्फत नियन्त्रित गतिमा औषधि दिने पम्प, जैविक जोखिमयुक्त मेडिकल फोहोर व्यवस्थापन गर्ने डस्टबिन, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने डप्लर उपकरण, शव परीक्षण टेबल, नवजात शिशुको पुनर्जीवन तथा आपत्कालीन श्वासप्रश्वास सहायता सेट र बहिरङ्ग सेवा (ओपीडी) मा बिरामी जाँच्ने बेड लगायतका स्वास्थ्य उपकरण तथा सामग्री रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।

स्वास्थ्य उपकरण सहयोगसँगै एक जना प्राविधिक नर्स र दुई जना स्वयंसेवक परिचालन गरी तीन महिनासम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको छ । यस पहलले स्वास्थ्य केन्द्रको सेवा क्षमता अभिवृद्धि गर्नुका साथै बाढी प्रभावित नागरिक तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भण्डारी, प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीकी अध्यक्ष सिसिलिया दुर्गा श्रेष्ठ, गजुरी गाउँपालिका–५ का वडाध्यक्ष गोविन्द लामिछाने, रेष्टन कँडेल, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेश कोइराला लगायत सेन्ट जोसेफ क्लुनी सोसाइटीका सिस्टरहरू तथा अन्य सरोकारवालाले उपकरण सहयोगपछि सेवामा थप प्रभावकारी बन्ने बताएका छन् ।

स्वास्थ्य उपकरण तथा सामग्री सहयोगले स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने उनीहरुले बताए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट