बालकुमारी घटनाको अनुसन्धान गर्न पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन

  • २०८० पौष १६, सोमबार (६ महिना अघि)
  • १६१ पटक पढिएको
बालकुमारी घटनाको अनुसन्धान गर्न पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन

काठमाडौं – दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।

Advertisement

आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ ।

आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताइन् ।

यसअघि गृहमन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोग गठनको माग गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट