‘टुटल’ का संस्थापक शिक्षित भट्ट विश्वासघात गरेको आरोपमा पक्राउ

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • १८७ पटक पढिएको
‘टुटल’ का संस्थापक शिक्षित भट्ट विश्वासघात गरेको आरोपमा पक्राउ

काठमाडौं – प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक विश्वासघात गरेको आरोपमा राइड शेयरिङ एप ’टुटल’ का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

Advertisement

प्रहरीले भट्टलाई ’टुटल’ सम्बन्धी नै मुद्दामा गए राति पक्राउ गरेको हो । उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोपसहित उनका प्रारम्भिक व्यावसायिक साझेदारले नै मुद्दा दर्ता गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताए । त्यसपछि उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

राइड शेयरिङ एप ’टुटल’ नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका अरू राइड शेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनः सञ्चालनमा आएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट