राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुँदै

  • २०८० पौष २७, शुक्रबार (६ महिना अघि)
  • १९८ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं– आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज हुँदैछ ।

Advertisement

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ । गत पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

ती उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । ती उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिनेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट