दाङ बस दुर्घटनाः घाइतेको उपचारमा प्रभावकारिता अपनाउन प्रधानमन्त्रीको निर्देशन

  • २०८० पौष २८, शनिबार (१ महिना अघि)
  • ७६ पटक पढिएको
दाङ बस दुर्घटनाः घाइतेको उपचारमा प्रभावकारिता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

गएराति दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् ।

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट