चन्द्रागिरीको सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • २०८० पौष २८, शनिबार (६ महिना अघि)
  • १८५ पटक पढिएको
चन्द्रागिरीको सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको ज्यान गएको हो ।

दुुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट