मुग्लिन–नारायणगढ सडक दुईदिनका लागि चौबिसै घन्टा खुल्ने

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • १५१ पटक पढिएको
मुग्लिन–नारायणगढ सडक दुईदिनका लागि चौबिसै घन्टा खुल्ने

काठमाडौं– माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन–नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ ।

Advertisement

मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो ।

यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ ।

पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट