पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा भए रिहा

  • २०८० माघ २, मंगलबार (६ महिना अघि)
  • १५० पटक पढिएको
पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा भए रिहा

काठमाडौं– पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलन कुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।

Advertisement

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर थापाका अनुसार गत पुस २५ गते नै उक्त आदेश भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट