जानकी मन्दिरमा प्राणप्रतिष्ठानको अवसरमा आज सवा लाख दियो बालेर उत्सव मनाइँदै

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १९९ पटक पढिएको
जानकी मन्दिरमा प्राणप्रतिष्ठानको अवसरमा आज सवा लाख दियो बालेर उत्सव मनाइँदै

काठमाडौं– भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी गरिएको छ ।

Advertisement

प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा रहेको जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो ।

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज बेलुका १ लाख २५ हजार दियो बाल्नुकासाथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राम मन्दिरको उद्घाटन विशेष महत्त्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ ।

यसैबीच, राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट