प्रधानमन्त्री कप क्रिकेटमा बागमतीसँग आर्मी पराजित

  • २०८० माघ ३, बुधबार (६ महिना अघि)
  • १५४ पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेटमा बागमतीसँग आर्मी पराजित

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

Advertisement

आज भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको हो । आर्मीले दिएको ९८ रनको सामान्य लक्ष्य बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । बागमतीका अशोक पौडेल र प्रतिज जीसीले समान २१ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । बागमतीका सूर्य तामाङले ५ विकेट लिए ।

यो जितसँगै बागमती ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मी २ खेलमा २ अङ्कसहित पाँचौँ स्थानमा छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट