नेपालसहित १६ देश सहभागी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेट आजदेखि

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • २०२ पटक पढिएको
नेपालसहित १६ देश सहभागी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेट आजदेखि

काठमाडौं– आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आजदेखि सुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।

Advertisement

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् ।

आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिका खेल्दैछन् । यस्तै, समूह ‘बी’ का दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल पनि आजै हुँदैछ । नेपालले भने पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट