दक्षिण कोरियाका विपक्षी नेता जे–म्युङमाथि पत्रकार सम्मेलनमा छुरा प्रहार

  • २०८० पौष १७, मंगलबार (६ महिना अघि)
  • ७६ पटक पढिएको
दक्षिण कोरियाका विपक्षी नेता जे–म्युङमाथि पत्रकार सम्मेलनमा छुरा प्रहार

एजेन्सी– दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि छुरा प्रहार भएको छ । ली जे–म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको स्थानीय योनहाप समाचार संस्थाले जनाएको छ ।

Advertisement

सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका ली जे–म्युङलाई आज बिहान घाँटीमा छुरा प्रहार भएको हो । नेता लीलाई आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । आक्रमणकारीले शुरुमा नेता लीसँग अटोग्राफ मागेका र अचानक छुरा प्रहार गरेको खबरमा उल्लेख छ ।

छुरा प्रहारबाट नेता लीको घाँटीमा गहिरो चोट लागेको छ । ५९ वर्षीय लीले डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्दै आएका छन् । उनी यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक–योलसँग शून्य दशमलव ७३ प्रतिशतको मतान्तरले पराजित भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट