चीनको कोइला खानीमा भएको विस्फोटमा १० जनाको मृत्यु, ६ जना बेपत्ता

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
चीनको कोइला खानीमा भएको विस्फोटमा १० जनाको मृत्यु, ६ जना बेपत्ता

एजेन्सी– चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । ६ जना बेपत्ता भएका छन् ।

Advertisement

खानीमा कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

विस्फोटको समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाको भने उद्धार गरिएको सिन्ह्यामा उल्लेख छ । उनीहरुको सबैको अवस्था समान्य रहेको छ ।

कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट