अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जिते न्यु ह्याम्पसायरमा प्राइमरी चुनाव

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १४५ पटक पढिएको
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जिते न्यु ह्याम्पसायरमा प्राइमरी चुनाव

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पसायरको रिपब्लिकनको प्राइमरी चुनावमा विजयी भएका छन् ।

Advertisement

मंगलबार भएको प्राइमरी चुनावमा उनले साउथ क्यारोलिनाका पूर्व गभर्नर निकी हालेलाई पराजित गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले १ लाख ३९ हजार ४४६ भोट ल्याउँदा हालेले १ लाख १२ हजार ७७३ मत ल्याएका छन् ।

यो प्राइमरी निर्वाचनमा विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने सिन्ह्वाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट