मानहानी मुद्दामा ट्रम्पले झण्डै आठ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १८६ पटक पढिएको
मानहानी मुद्दामा ट्रम्पले झण्डै आठ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं– एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानी मुद्दामा झण्डै आठ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

Advertisement

सन् २०१९ मा आफु राष्ट्रपति भएका बेला ट्रम्पले आफूलाई बदनाम गरेको क्यारोलले आरोप लगाएकी थिइन् ।

अदालतले यस मानहानी मुद्दामा फैसला सुनाउँदै, क्यारोललाई भावनात्मक रूपमा चोट पु¥याएको र उनको प्रतिष्ठामा चोट पु¥याएकोमा क्षतिपूर्ति र जरिबाना समेत गरेर आठ करोडभन्दा बढी अमेरिकी डलर तिर्नुपर्ने बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरेको पाइएको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट