चिलीमा डढेलोका कारण ४६ जनाको मृत्यु

  • २०८० माघ २१, आईतबार (५ महिना अघि)
  • १६७ पटक पढिएको
चिलीमा डढेलोका कारण ४६ जनाको मृत्यु

काठमाडौं– चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ ।

Advertisement

केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान गएको चिलीका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । डढेलोको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पक्षी मरेका बीबीसीको खबरमा उल्लेख छ ।

बढ्दो तापक्रम र तीव्र गतिको बतासका कारण डढेलो नियन्त्रणमा समस्या भैरहेको चिलीका अधिकारीहरुले बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट