एजेन्सी– पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ ।
सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् ।
यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो ।
रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, “मैले एङ्गामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामुहिक हिंसा हो ।
एबीसी न्यूजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धित रहेको बुझिएको छ ।
बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एङ्गा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।