एजेन्सी– रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्दुक आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुगेको छ ।
यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए ।
सांगीतिक कार्यक्रम सुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट जथाभावी गोली चलाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्ययमले जनाएका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न चार जना सबै र अरु सात जना गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको रुसको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।
अफगानिस्तान र इरानमा सक्रिय यही समूहले काबुलमा रहेको रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटना बर्बरतापूर्ण आतंकबादी कार्य रहेको बताए । उनले आक्रमणमा मारिएकाको स्मृतिमा आज राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।