एजेन्सी– गर्भवती महिला धेरै समय चर्को गर्मीमा बस्दा गर्भ खेर जाने जोखिम दोब्बरले बढ्ने नयाँ अध्ययनले देखाएको छ ।
भारतको दक्षिणी राज्य तामिलनाडूका आठ सय गर्भवती महिलालाई सहभागी गराएर गरेको अध्ययनले गर्भवती महिलाले चर्को गर्मीमा घण्टौं बिताउँदा गर्भमै शिशु मर्ने तथा गर्भ खेर जाने जोखिम बढ्ने देखाएको बीबीसीले जनाएको छ ।
प्रतिवेदनमा आमा हुन लागेका महिला लामो समय गर्मीमा काम गर्दा हुने जोखिम यसअघि अनुमान गरिएकोभन्दा धेरै बढी रहेको उल्लेख छ । चेन्नईमा रहेको ’श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्च’ले गरेको अध्ययन सन् २०१७ मा सुरु भएको थियो ।
’द गाम्बिया’मा गरिएको यसअघिको एउटा अध्ययनले पनि उच्च तापक्रमले भ्रुण अवस्थामै धड्कन उच्च हुने र रक्तसञ्चार सुस्त हुने पत्ता लगाएको थियो । प्रतिवेदनमा गर्भवती महिलालाई चर्को गर्मीमा काम गर्नुपरेमा बेलाबेलामा शितल छहारीमा गएर आराम गर्न र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान सुझाव दिइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।