भारतीय कुस्ती खेलाडी फोगाटले लिइन् सन्न्यास

  • २०८१ श्रावण २४, बिहिबार (१ साल अघि)
  • ५१२ पटक पढिएको
भारतीय कुस्ती खेलाडी फोगाटले लिइन् सन्न्यास

एजेन्सी– भारतीय कुस्ती खेलाडी विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत कुस्तीको फाइनलमा अयोग्य घोषित भएकी उनले सन्न्यासको घोषणा गरेकी हुन् ।

Advertisement

विनेशले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर सय ग्राम बढी तौलका कारण उनी स्वर्ण पदकका लागि अयोग्य घोषित भएकी थिइन् ।
सन्न्यासको घोषणा गर्दै उनले सामाजिक सञ्जाल एक्समा लखेकी छन्, ‘आमा रेस्लिङले मलाई जित्यो, म हारेँ । मलाई क्षमा गर्नुहोस्, तपाईंको सपना र मेरो साहस चकनाचूर भयो । मसँग अब कुनै शक्ति छैन । गुडबाई रेस्लिङ ।’

विनेशले सेमिफाइनलमा विपक्षीलाई ५–० को अन्तरले पराजित गर्दै ओलम्पिकको फाइनलमा स्थान बनाउने पहिलो भारतीय महिला कुस्ती खेलाडी बनेकी थिइन् ।

विनेश इतिहासकै सबैभन्दा सफल भारतीय कुस्ती खेलाडी हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट