





























धादिङ-उत्तरी धादिङको खनियावास गाउँपालिका– ३ बृहतका नागरिकलाई बचत तथा ऋण व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा उत्थानशिल जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तर्गत २३ जनालाई दुई दिने तालिम दिएको हो ।


तालिममा बचतको महत्व, बचत संकलन, आम्दानी र खर्च अभिलेख तथा लेखाजोखा, ऋण लगानी, पासबुक, बचत तथा ऋण परिचालन सम्बन्धि निति, नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार, घुम्ती कोष परिचालन र पुर्व सहकारी शिक्षा लगायतका विषयमा सन्तोष सत्यालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराए । कृषक समुहका सदस्यहरुको क्षमता विकास, जलवायु कृषि तथा पशुपालन सम्बन्धि पाठशाला, समुहमा लैगिक समावेशीकरण प्रवद्र्धधन, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास र गंगाजमुना गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
खनियावास गाउँपालिकामा ३२ वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन, बजारीकरण तथा लैगिकताको क्षेत्रमा संस्थाले काम गर्दै आएको लक्ष्मी सुनारले जानकारी दिइनन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
