फेवातालमा कार खस्दा २ जनाको मृत्यु, २ घाइते

  • २०८३ भाद्र १९, शुक्रबार (५६ मिनेट अघि)
  • १४ पटक पढिएको
फेवातालमा कार खस्दा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं– पोखराको फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

Advertisement

पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ०५ बीबी ६७५९ को कार फेवा तालका खस्दा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र सनाखत हुन नसकेको करिब ४० वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई फेवातालबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । दुर्घटनामा परि घाइते भएका रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट