काठमाडौं– काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मध्यरातमा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा विहीबार राती १२ वजे आगलागी भएको हो ।


घटनाको खबर प्राप्त हुनासाथ दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो निभाएका थिए । आगलागीमा ४ भन्दा बढी शिलिन्डर पड्किएको प्रहरीले जनाएको छ । तर आगलागीको कारण भने पुष्टि हुन सकेको छैन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
