धादिङ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धादिङबाट दुई जना निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा उर्मिला थपलिया(सिता) र रीता थापामगर विजयी भएका हुन् ।


थपलिया विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहँदै आएकी छिन् । उनी हाल सांसद समेत हुन् । त्यस्तै मगर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निवर्तमान अध्यक्ष हुन् । धादिङबाट ३ जनाले सहमहामन्त्री र ९ जना केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा रहेको थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
