बेनीघाट रोराङ गाउँपालिकाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख सहयोग

  • २०८३ भाद्र १३, शनिबार (१७ मिनेट अघि)
  • ५ पटक पढिएको
बेनीघाट रोराङ गाउँपालिकाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख सहयोग

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ रुपैयाँ सहायता रकम जम्मा गर्ने निर्णय गरेको छ ।

Advertisement

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण देशका विभिन्न भागमा पुगेको क्षति र प्रभावितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले पाँच लाख रकम सहयोग गर्ने निर्णय गरिएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले बताए । विपद्को घडीमा सबैले आफ्नै पालिकाभित्र बाढीले ठूलो क्षति पुर्याएको कठिन परिस्थितिमा पनि बेनिघाट रोराङ गाउँपालिकाले विपद्को यस घडीमा अग्रसरता देखाउँदै केन्द्रीय उद्धार कोषमा रकम जम्मा गर्ने उदाहरणीय निर्णय गरेको हो ।

यसैगरी ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने गाउँपालिकामा कार्यरत कर्मचारीहरुले ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट