धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–३ मा रहेको रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलले रसुवा बाढी प्रभावितका लागि १ लाख २८ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयतर्फबाट १ लाख १० हजार ५१ रुपैयाँ र शिक्षक तथा कर्मचारीबाट संकलन गरिएको २८ हजार १ सय रुपैयाँ सहयोग गरेको हो ।


संकलित रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्याब्सन साझा मानवीय अभियानको खातामा जम्मा गरिएको विद्यालयकी प्रिन्सिपल संगीता श्रेष्ठले बताइन् । ‘विपद्को यस्तो कठिन समयमा आफूले सक्ने सहयोग गर्नु विद्यालयको सामाजिक तथा मानवीय दायित्व हो । बाढीपहिरोका कारण धेरै परिवारले आफ्ना आफन्त गुमाउनुका साथै घर, सम्पत्ति र जीवनभरको कमाइ गुमाएका पीडित परिवारलाई राहत मिल्ने उद्देश्यले सहगोग गरिएको हो’ उनले भनिन् ।
‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ एकजुट भएर विद्यालयले सहयोग गरिएको उनले बताइन् । सानो भए पनि विपद्मा परेको समुदायका लागि सबैले आफ्नो क्षमता अनुसार सहयोग गरौं । रसुवा बाढीले एकैपटक धेरै मानिसको खुशी, सपना र मुस्कान खोसिएको छ । उनले भनिन्,– ‘देश नै कठिन परिस्थितिबाट गुज्रिरहेको बेला मानवीय सहयोग र एकताले पीडितलाई ठूलो राहत पुग्ने छ । विगतका दिनहरुमा पनि विद्यालय परिवारले यस्तै सहयोग गर्दै आएको छ । विद्यालयले विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछौं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
