मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग हस्तान्तरण

  • २०८३ श्रावण २०, बुधबार (२ मिनेट अघि)
  • १० पटक पढिएको
मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग हस्तान्तरण

धादिङ– धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ थला गाउँका मिर्गौला रोगी धन बहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८ सय १५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ।

दुवै मिर्गौला फेल भएर हाल घाँटीबाट क्यानुला (लाइन) राखेर डायलाइसिस गराइरहेका तामाङको स्वास्थ्य अवस्था जटिल भएकाले चिकित्सकको सल्लाह अनुसार तत्काल मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्ने तयारी भइरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको नेत्रावती डबजोङ गाउँपालिका–१ का वडाध्यक्ष ठाकुर गुरुङले बताए।

नेत्रावती डबजोङ गाउँपालिका–१ वडा कार्यालयको नेतृत्व र थला गाउँ सेवा समाजको सहकार्यमा सामाजिक सञ्जालमार्फत समाजका अध्यक्ष पूर्णबहादुर घलेको एनआईएमबी बैंकको क्यूआर कोडमार्फत उठाइएको हो । उनले भने- ‘देश तथा विदेशमा रहेका नेपालीको सहयोगबाट करिब साढे ७ लाख रकम संकलन भएको हो । सबै सहयोगी मनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । यो सहयोगले धनबहादुरले नयाँ जीवन पाउने विश्वास लिएका छौँ। उपचारका लागि आवश्यक थप रकम जुटाउन पनि प्रयास जारी रहनेछ ।’

धनबहादुरका लागि आफन्तबाट मिर्गौला दान गर्ने प्रक्रिया पूरा भइसकेको र अब छिट्टै प्रत्यारोपण गर्ने तयारी भइरहेको वडाध्यक्ष गुरुङले बताए । नेत्रावती डबजोङ गाउँपालिकाले पनि स्थानीय सरकारका तर्फबाट आर्थिक सहयोग गर्दै आएको जनाएको छ । धनबहादुरको उपचारका लागि अझै थुप्रै रकम चाहिने भएकोले सहयोग गरिदिन सबैमा वडाध्यक्ष गुरुङले आग्रह गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट