





























काठमाडौं- राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।


कला साहित्य, संस्कृति र इतिहासको पहिचान राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा र विभुतिको संरक्षण भन्ने मूल मर्मका साथ दिवस मनाइएको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवा माझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको संख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्ष अघि देखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्ध जस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।
यो अभियानले नेपालीले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण गराउन सहयोग पुगेको अभियन्ता श्याम बजगाई बताउँछन् । ‘हामीले हाम्रो कला, संस्कृति, रितिरीवाज, भेषभुषा तथा पोशाक नै भुल्यौं भने नेपालीको पहिचान कहाँ हुन्छ र । हामी सबैले पहल गर्नु पर्छ । राष्ट्रिय पोशाक एवं टोपी हामी नेपालीको पचिान हो । यसलाई पुस्तान्तरण आवश्यक छ’ उनले भने ।
यो अभियानले नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण गराउन सहयोग पुगेको अभियन्ता श्याम बजगाई बताउँछ । ‘हामीले हाम्रो कला, संस्कृति, रितिरीवाज, भेषभुषा तथा पोशाक नै भुल्यौं भने नेपालीको पहिचान कहाँ हुन्छ र । हामी सबैले पहल गर्न पर्छ । राष्ट्रिय पोशाक एवं टोपी हामी नेपालीको पचिान हो’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
