





























काठमाडौँ- सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने भएको छ ।


प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा तत्काल ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढाइने बताइएको हो ।
आयोगले निवेदनका आधारमा फरक फरक कार्यविधि बनाएर सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने गरी सरकारले काम थालेको हो ।
एक हजार भन्दा कम निवेदन परेका जिल्लामा एक वर्ष कार्यावधि, पाँच हजारसम्म निवेदन परेका जिल्लाको २ वर्ष र पाँच हजारभन्दा बढी उजुरी परेका जिल्लाका आयोगका पदाधिकारीको समयावधि ३ वर्ष रहने गरी आयोग गठन गर्न लागिएको जनाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
