पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

  • २०८१ पौष १७, बुधबार (१ साल अघि)
  • २६८ पटक पढिएको
पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं– पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभन्ज्याङ नजिकै भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा हुँदा ६ जना घाइते भएका छन् ।

Advertisement

पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कर्पियो जिप आर्यभन्ज्याङ र भालुखोलाको बीच जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते अधिकांश भारतको बिहार प्रदेश मोतिहारीका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

घुम्ती सडकमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाग्रस्त जिप सडकभन्दा १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट