काठमाडौं– पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा–१७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी झगडा भएपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुईजना श्रीमती र बराल कान्छी श्रीमतीसँग बस्दै आएका रहेछन् । घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि उनले पनि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप