काठमाडौं- भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।
मदिरा सेवनबाट गम्भीर बनेका ६ जनाको उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हिजो राति करिब पौने १० बजेतिर सूचना प्राप्त भयो । नक्कली मदिरा सेवनबाट मानिसहरुको मृत्यु भएको खबर आयो । तत्काल घटनास्थल पुगेर मुख्य सप्लायर परबजीत सिंहसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । १४ जनाको मृत्यु भएको छ । ६ जनालाई अस्पताल भर्ना गरिएको छ । यो घटना पाँचवटा गाउँमा भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप