श्रीलंकाविरुद्ध नेपालको शानदार जीत

  • २०८२ अषाढ १८, बुधबार (६ दिन अघि)
  • १४७ पटक पढिएको
श्रीलंकाविरुद्ध नेपालको शानदार जीत

काठमाडौं– एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिता अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ८–० ले जित निकालेको छ ।

Advertisement

बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न खेलमा नेपालले शानदार जित निकालेको हो । सावित्रा भण्डारीको ह्याट्रिक, गीता रानाले दुई, निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक एक गोल गर्न सफल भएका छन् ।

यो जितसँगै नेपालले समूह ‘एफ’ मा लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को जित निकालेको थियो ।

समूहको शीर्ष एक टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । नेपालको र उज्वेकिस्तानबिचको एक टिम एसिया कपमा स्थान बनाउने सम्भावना रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट