कराँते प्रतियोगितामा सहभागी हुन धादिङका युनिक तामाङ भारत प्रस्थान

  • २०८२ श्रावण ६, मंगलबार (२० घण्टा अघि)
  • २११ पटक पढिएको
कराँते प्रतियोगितामा सहभागी हुन धादिङका युनिक तामाङ भारत प्रस्थान

धादिङ– भारतमा आयोजना हुन लागेको १९औं राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन धादिङका युनिक तामाङ भारत प्रस्थान गरेका छ्न् । प्रशिक्षक शक्ति तामाङ र युनिक तामाङ आज भारत प्रस्थान गरेका हुन् ।

Advertisement

भारतको कपुरथला, धर्मसभामा जुलाई २६ र २७ तारिखमा हुने उक्त प्रतियोगितामा सहभागी हुँदै उनीहरूले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नेछन् । रुवीभ्याली गाउँपालिका–४ बोराङ स्थायी घर भई हाल नीलकण्ठ डोजो धादिङमा आवद्ध शक्ति तामाङ वरिष्ठ कराते प्रशिक्षकका रूपमा क्रियाशील छन् भने युनिक तामाङ उदियमान खेलाडी हुन् । युनिक तामाङ धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीका विद्यार्थी हुन् । विद्यालयले शैक्षिक गुणस्तरसङ्गै अतिरिक्त कृयाकलापहरुमा समेत जोड दिदै आएको छ ।

प्रतियोगितामा उनीहरूको सहभागिता नेपाली करातेको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भुमिका खेल्ने युनिकका बुबा विजय तामाङले बताए । प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न विभिन्न संघसंस्था र स्थानीय निकायले सहयोग गरेका छन्। आईडब्लुएफ कराते डो संघ, त्रिपुरेश्वर काठमाडौंको समन्वयमा भएको यो सहभागितामा रुवीभ्याली गाउँपालिका, सेर्तुङ, एडभान्स एकेडेमी स्कुल धादिङ, नीलकण्ठ नगरपालिका तथा नीलकण्ठ डोजोको उल्लेखनीय योगदान रहेको उनले बताए ।

नेपालका लागि गौरवको अवसरको रूपमा हेरिएको यस सहभागितामा शक्ति र युनिकले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । खेलकुद क्षेत्रमा नेपालले मारेको फड्को प्रशंसायोग्य रहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट