देशका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २०८२ भाद्र ११, बुधबार (८ घण्टा अघि)
  • ४८ पटक पढिएको
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं– आज मनसुन सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली हुने धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

भोलि र पर्सि भने गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ । कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक÷दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट