पहिरिरहने कालुपाण्डे मार्गको दारेगौडा

पहिरिरहने कालुपाण्डे मार्गको दारेगौडा

काठमाडौं– धादिङको कालुपाण्डे मार्ग धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मुख्य मार्ग हो । तर २०५८ सालमा पिँच भएदेखि नै भासिन नरोकिएको यो मार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।

Advertisement

धादिङको नीलकण्ठ नगरपालिका–८ दारेगौडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । सडक माथिबाट पहिरिएको छ । तलबाट तानिएर भासिएको छ । बलियो पिच भएको चर्चा कमाएको कालुपाण्ड मार्गले हिजो आज नरोकिने पहिरो रहेको उपनामले चिनिने भई सकेको सवारी चालक प्रदिप भट्ट बताउँछन् । ‘पछिल्लो वर्षहरुमा सडक तलतिर दविने र माथिबाट पहिरोले धकेल्ने क्रम झन् बनेको छ । हामी त दिनरात यहि बाटो उच्च जोखिम मोलेर हिड्नु पर्छ’ उनले भने ।
२०५६ सालबाट सुरु भएर २०५८ सालमा पिँचको काम पुरा भएको स्थानीयहरु बताउँछन् । । तर अहिलेसम्म पहिरिने क्रम नरोकिएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए । उनले भने– ‘अहिले त सडक भासिएर सडक माथि रहेको अर्काे सडक समेत जोखिम बढी सक्यो । तर मर्मत गर्ने निकाय र सरोकारवाला निकायको आँखा पहिरिएको सडकमा परेको छैन ।’
गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय नुवाकोटले मर्मतको ठेक्का लगाएको थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाको भरमा स्टमेट गरी काम गरिँदा काम सक्नै नपाई पहिरोले क्षति पु¥यायो । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ ।
देशका सबै जिल्लाबाट सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडकको दारेगौडामा सडकको बीच भागबाट नै चिरा परेर भासिएको छ । वर्षातको याममा निकै जोखिमले यात्रा गर्नुपर्ने अञ्दाज श्रेष्ठ बताउँछन् । ‘पहिरिएर रहेको सानो सडक ठूला मालबाहक सवारीलाई निकै जोखिम छ । थोरै दुरिमा मात्रै समस्या रहेको छ । अध्ययन गरि मर्मत गर्न त्यति साह्रै कठिन पनि होइन । तर यो सरोकारवाला निकायको लापरबाहि हो’ उनले भने ।

पहिरोको लम्बाइ करिब एक सय मिटर मात्रै छ । सडक मर्मतमा ध्यान नदिदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ । सडकको तल्लोपट्टी थोपल खोला छ । खोलाकिनार देखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम रोकिएको छैन ।
सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, जनप्रनिनिधि दैनिक यहि सडक हुँदै सदरमुकाम आवत जावत गर्छन् । तर, संभावित जोखिम र दुर्घटनाबारे उनीहरुको चासो देखिदैन ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट