काठमाडौं– जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । देशको संघीय राजधानी काठमाडौं लगायत देशैभरको तथ्याङ्क जोड्दा ५१ जना पुगेको नेपाल प्रहरीले जनाएको छ ।
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरु धेरैको सनाखत हुन सकेको छैन ।
जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ । हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । आफन्तले जिल्ला प्रहरी परिसरबाट पत्र ल्याएकाहरुको पोस्टमार्टम सुरु गरिएको हो ।
अस्पताल श्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् । मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गर्ने गरिदै आएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप