मन्त्री घिसिङको विद्युत बक्यौता उठाउने पहिलो निर्णय

  • २०८२ भाद्र ३०, सोमबार (३ घण्टा अघि)
  • ४४ पटक पढिएको
मन्त्री घिसिङको विद्युत बक्यौता उठाउने पहिलो निर्णय

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका छन् । मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री घिसिङले पहिलो निर्णयका रूपमा विद्युतको उक्त बक्यौता उठाउने निर्णय गरेका हुन्।

Advertisement

ऊर्जासँगै घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । तर उनले पहिलो निर्णयमा विद्यूत बक्यौता उठाउने निर्णय गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक हुँदा घिसिङले उद्योगहरूबाट विद्युत् बक्यौता उठाउन पहल गरेका थिए ।

सोमबार शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँगै अर्थमन्त्री रामेश्वर खनाल र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट