धादिङको मनकामना मन्दिरमा प्राण प्रतिष्ठा र पुर्ननिर्मित मन्दिर उद्घाटन

धादिङको मनकामना मन्दिरमा प्राण प्रतिष्ठा र पुर्ननिर्मित मन्दिर उद्घाटन

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोट सल्लेघारीमा अवस्थित मनकामना मन्दिरको प्राण प्रतिष्ठा र नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ ।

Advertisement

मनकामना मन्दिर स्वर्गीय भिमबहादुर श्रेष्ठ र उनका धर्मपत्नि खड्क कुमारी श्रेष्ठले २०४३ सालमा स्थापना गरेका थिए । हाल जीर्ण भएको मन्दिर ज्वाई नीलकण्ठ नगरपालिका–३ का भद्रमान श्रेष्ठ र छोरा नीलकण्ठ नगरपालिका–१२ का गणेश श्रेष्ठले जीर्ण बनेको मन्दिर पुनर्निर्माण गरि मनकामना देवीको मूर्ति स्थापना गरेका हुन् ।

स्वर्गीय भिमबहादुर श्रेष्ठको जोडीले बनाएको मनकामना मन्दिर २०७२ सालमा आएको गोर्खा भुकम्पले क्षतविक्षत बनायो । आफ्नो पुर्खाले स्थापना गरेको धार्मिक स्थल मनकामना मन्दिर भुकम्पले भग्नाशेष मात्रै राखेपछि ज्वाई भद्रमान श्रेष्ठ र छोरा गणेश श्रेष्ठले मन्दिरको पुनर्निमाण गरि मनकामना देवीको मूर्ति स्थापना गरेका हुन् ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट नजिकै रहेको मनकामना मन्दिर पर्यटकिय दृष्टिकोणले आकर्षण रहेको छ । मन्दिरबाट देखिने हिमालहरुको दृश्यावलोकन, सुन्दर नगर धादिङबेसी र सुन्दर प्राकृतिक दृश्य तथा मन्दिर परिसरमा बनाइएको पिङले मनकामना मन्दिर स्थानीय तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने स्थानीयहरुले बताएका छन् ।

विक्रम सम्वत २०५८ सालमा मनकामना मन्दिर जीर्ण हुँदा रामकोटमै रहेको मनकामना युवा क्लवले दुई दशक अगाडी पुनर्निर्माण गरेको थियो । स्थानीयहरुको रोहवरमा पुर्ननिर्मित मनकामना मन्दिरको संरक्षण समितिको पनि आजै गठन गरिएको छ । अध्यक्षमा ठाकुर कुमाल, उपाध्यक्ष विष्णुकुमार श्रेष्ठ, सचिव पार्वती कुमाल, सह–सचिव विमस बानियाँ, कोषाध्यक्ष रमा सापकोटा रहेका छन् । त्यस्तै, सदस्यहरुमा शुशिला ढुंगाना, गंगा लम्साल, राजेन्द्र कुमाल, दुर्गा प्रसाद अधिकारी र राजु दाहाल रहेका छन् ।

भग्नाशेष मनकामना मन्दिर

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट