प्रथम सिद्धलेक म्हेन्दोमाया कपको उपाधि आयोजकले जित्यो

  • २०८२ आश्विन १०, शुक्रबार (२ हप्ता अघि)
  • २४७ पटक पढिएको
प्रथम सिद्धलेक म्हेन्दोमाया कपको उपाधि आयोजकले जित्यो

काठमाडौं- ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’को उपाधि आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले जितेको छ ।
फाईनल खेलमा ‘सिद्धलेक वारियर’ लाई २–१ गोल अन्तरले हराउँदै आयोजकको टिम ‘ए’ ले उपाधी चुमेको हो ।

Advertisement

विजयी म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता बनेको सिद्धलेक वारियरले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी सेमिफाइनल पुगेका दुई टिम चक्रदेवी सेवा समाज र म्हेन्दोमाया युवा समाज टिम ‘सि’ ले समान १५/१५ हजार रुपैया सहित प्रमाणपत्र पाएका छन् ।

म्हेन्दोमाया युवा समाज सिद्धलेक–१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह–आयोजनामा वडा नम्बर १ स्थित बाँजोगरामा असोज ६ गतेबाट शुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी सिद्धलेक वारियरका सन्जिब श्रेष्ठ, उत्कृष्ट गोलरक्षक म्हेन्दोमायाका रबिन तामाङ, उच्च गोलकर्ता म्हेन्दोमायाका बिपिन कँडेल र उत्कृष्ट डिफेन्डर म्हेन्दोमायाकै बिमल गोम्जाले २÷२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

विजयी टिमहरुले पाएको नगद रकममा कुनै करकट्टी नगरिएको आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले जानकारी दिए ।

विजेता र उपविजेतालाई सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, वडा नम्बर १ का वडाध्यक्ष पेमा वाङग्याल लामा, क्लबका अध्यक्ष पेमा छिरिङ लामा लगाएतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रमको सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष खतिवडाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँका युवामा उत्साह र एकता बढाउदै खेल क्षेत्रको विकासमा काम गरिरहेको बताए ।

त्यस्तै उपाध्यक्ष सबिता अर्यालले खेलकुदलाई युवालाई अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउने माध्यमका रूपमा लिएर विशेष योजनाका साथ पालिकाले काम गरिरहेका बताइन् ।
प्रतियोगिता समापन समारोहमा म्हेन्दोमाया नाच, माने दोरा नाच तथा बिभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा गायिका तथा मोडल रितु तामाङ, डान्सर दुर ब्रेभ तामाङ र गायक सन्दिप स्याम्चेन तामाङले प्रस्तुती दिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट