वर्षाको जोखिमले राजमार्गहरूमा सवारी आवागमनमा रोक 

वर्षाको जोखिमले राजमार्गहरूमा सवारी आवागमनमा रोक 

काठमाडौं– दशैं मनाएर संघीय राजधानी तथा कर्मथलो फर्कनेहरूको टिकट काउन्टर तथा स्टेसनहरूमा ठूलो भिड छ। तर मौसमविदहरूले भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएसँगै प्रशासनले पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत विभिन्न अन्य राजमार्गहरूमा यात्रा नगर्न अनुरोध गरेको छ।

शुक्रबार राति र बिहानै यात्रामा निस्किएका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार अहिले राजमार्ग क्षेत्रमा रहेका सवारीहरुलाई गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ। जो जहाँबाट यात्रामा निस्किने तयारीमा रहनुभएको छ ।  उहाँहरुलाई अहिले तत्काल यात्रामा ननिस्किनु हुन अनुरोध गरिएको छ ।

अहिले काठमाडौँको थानकोटदेखि नागढुंगा क्षेत्र  धादिङबेसी, अन्य जिल्लाबाट निस्किने सवारीहरुलाई सोही स्थानमा रोकिएको छ । भारी वर्षा हुने सम्भावना रहेको कारणले केही समय सवारी साधनहरू रोकिएका हुन् । संघीय सरकारले कस्तो निर्णय गर्छ भन्नेमा पनि भरपर्छ । रोकिएका सवारीहरू कतिखेर खुल्छ भन्ने यकिन भइसकेको छैन । सरकारले गर्ने निर्णयमा भरपर्ने उनले जानकारी दिए ।

यतिखेर दशैं मानेर थातथलोबाट संघीय राजधानी काठमाडौँ लगायत विभिन्न सहरमा फर्कनेहरूको ठूलो भिड छ । तर ठूलो वर्षा हुने सम्भावना र जोखिमका कारण सजग र सचेत सँगै संयमित तथा सुरक्षित रहन उनले आग्रह गरे ।

नागढुङ्गा आसपासका क्षेत्रमा यात्रा नगर्न माइकिङ समेत गरिएको छ। ठूलो वर्षाको सम्भावना र जोखिम रहेको भन्दै लामो दुरीको यात्रामा ननिस्कन माइकिङ गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट