अझै सवारी आवागमनमा रोक, यातायात खोल्ने सरकारको तयारी

अझै सवारी आवागमनमा रोक, यातायात खोल्ने सरकारको तयारी

काठमाडौं– दशैं मनाएर संघीय राजधानी तथा कर्मथलो फर्कनेहरूको टिकट काउन्टर तथा स्टेसनहरूमा आज पनि ठूलो भिड छ। तर आइतबार दिनभरको वर्षा र मौसमविदहरूले अझै वर्षा हुने सम्भावना रहेको जानकारी दिएसँगै प्रशासनले पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत विभिन्न राजमार्गहरूमा यात्रा नगर्न अनुरोध गरेको छ।

टिकट काउन्टर र स्टेसनहरूबाट छुट्ने सवारीहरू प्रशासनले रोक लगाउँदै आएको छ। आज आइतबार एक दिन यात्रा नगर्न सबै सवारी साधन तथा यात्रुहरुलाई धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले अनुरोध गरेका छन्। ‘यात्रामा निस्किएर बीच बाटोमै अलपत्र परेका सवारी साधन तथा यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने काम भइरहेको छ । तर आज एकदिन सुरक्षित रहेर बस्न र यात्रामा ननिस्कन अनुरोध छ । मौसम सुधार हुँदै गए र सहज बने भोलि सोमबार आवागमन खुल्ला रहन सक्ने छ’ उनले भने ।

धादिङको जिल्ला सदरमुकाम धादिङबेसीस्थित पुछार बजारमा प्रहरीले यात्रामा निस्कने सवारीहरूलाई चेकजाँच गरिरहेको छ । पृथ्वी राजमार्ग त्रिभुवन राजपथ नारायणगढ मुग्लिन सडक लगायत राजमार्ग भएर काठमाडौँ पोखरा चितवन लगायत ठूला सहरहरूमा निस्कने सवारीहरूलाई रोग लगाइएको छ। राजमार्गहरूमा ठाउँ ठाउँमा खसेको पहिरो र जोखिमका कारण यात्रामा निस्किसकेका सवारी साधन तथा यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन समस्या रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ ।

सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो । तर पानी रोकेर जनजीवन सामान्य बनेसँगै सवारी आवागमन खुल्ला गर्न लागिएको हो।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट