पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक ९ बजेदेखि बन्द गरियो 

  • २०८२ आश्विन १९, आईतबार (१ हप्ता अघि)
  • १८२ पटक पढिएको
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक ९ बजेदेखि बन्द गरियो 

काठमाडौँ– पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ९ बजे देखि बन्द गरिएको छ ।

पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।  प्रहरीका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको छ ।

यसअघि नै जिल्ला भित्रिने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको थियो । एम्बुलेन्स दमकल लगायत अति आवश्यक सवारी साधनहरूलाई भने खुल्ला गरिएको प्रहरीले जानकारी दिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट