काठमाडौँ– नागढुंगा सुरुङमार्ग परियोजनाको निर्माणकार्य जिम्मा लिएका जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले ठेक्का रकमबाहेक क्षतिपूर्तिबापत करिब तीन अर्ब रुपैयाँ माग दाबी गरेको छ ।
परियोजना बनाउन सडक विभाग र कम्पनीबिच साढे १३ अर्ब हाराहारीमा ठेक्का सम्झौता भएको थियो । तर कम्पनीले त्योबाहेक थप तीन अर्ब हाराहारी रकम क्षतिपूर्तिबापत माग दाबी गरेको हो ।
सुरुङ खन्ने क्रममा डिजाइनभन्दा बढी काम, सोयल निशान अर्थात् माटोको तह, प्रकार र गुणको सिमाना वा चिह्न जनाउने संकेत परिवर्तन, डिजाइनभन्दा अतिरिक्त काम गर्नुपरेको, विभिन्न समयमा स्थानीयको अवरोध लगायतका कारण देखाउँदै क्षतिपूर्ति बापतको रकम दाबी गरेका हुन्। ।
विभिन्न कारण देखाउँदै क्षतिपूर्ति माग गरेको कम्पनीले भने समयमा काम सम्पन्न गर्न सकेको छैन । सुरुङमार्ग निर्माणका लागि सडक विभाग र कम्पनीबिच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । त्यसको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने पहिलो सम्झौता थियो । तर कोभिड १९ ले प्रभावित बन्यो। अप्रिल २०२४ र २५ अक्टोबर २०२५ सम्म थपिएको हो । सुरुङ्ग मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अहिले सुरुङ मार्गभित्र राखिएका उपकरणहरूको चेक जाँच भइरहेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप