पाँचौं कुपा कप फुटबल प्रतियोगिता घुर्मु युवा क्लबले जित्यो

  • २०८२ आश्विन २१, मंगलबार (६ दिन अघि)
  • २४१ पटक पढिएको
पाँचौं कुपा कप फुटबल प्रतियोगिता घुर्मु युवा क्लबले जित्यो

धादिङ– नीलकण्ठ नगरपालिका-१४ धुवाकाेट कुपामा भएको पाँचौं सेभेन ए साइड कुपा कप फुटबल प्रतियोगिता घुर्मु युवा क्लबले जितेको छ। घोर्मु युवा क्लव (नेत्रावती डब्जोङ) ले जन आवाज युवा क्लव (माने) लाई १-० गोल अन्तरले पछि पार्दै उपाधि चुमेको हो।

प्रथम हुने समूहले १ लाख १०० नगदसहित प्रमाणपत्र ट्रफी मेडल प्राप्त गरेका छन्। त्यस्तै द्वितीय हुने समूहले ५०१०० नगदसहित प्रमाणपत्र ट्रफी मेडल प्राप्त गरेका हुन्।

असोज ११ गते देखि सुरु भएको फुटबल प्रतियोगिता असोज २१ गते फाइनल खेल भएको हो ।  घोर्मु युवा क्लव ,कुपा युवा क्लव ,जनआवाज युवा क्लव र फुलमाया युवा क्लवले सेमिफाइनलको स्थान सुरक्षित गरेका थिए ।

उत्कृष्ट खेलाडी देवराज तामाङ, उत्कृष्ट गोल रक्षक सुसन खड्का,
सर्बाधिक गोलकर्ता सागर तामाङ बनेका छन्। उत्कृष्ट खेलाडीहरूलाई नगदसहित मेडल प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट