धादिङबेसीमा असोज २४ गते  जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने 

  • २०८२ आश्विन २२, बुधबार (५ दिन अघि)
  • १६३ पटक पढिएको
धादिङबेसीमा असोज २४ गते  जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने 

धादिङ– अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज २४ गते हुने जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

जिल्लाको १३ वटै पालिकाबाट माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरुको सहभागिता रहने संयोजक बद्री खतिवडाले जानकारी दिए ।

युवा पुस्ताको चाहना असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका हुने समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिए । प्रतियोगिताका लागि धादिङका १३ स्थानीय तहबाट ३२ जना विद्यार्थी छनोट भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार तृतिय पुरस्कार २० हजार, चौँथो पुरस्कार १० हजार र पाँचौ पुरस्कार ५ हजार रहेको महासचिव बापकाजी भण्डारीले जानकारी दिए ।

अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता सुदिप भुषण अर्यालका अनुसार असोज २४ गते धादिङबेसी स्थित सिटी हलमा बिहान १० बजे हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।

प्रतियोगितामा गल्छी गाउँपालिकाबाट सूचना अधिकारी, संगीता श्रेष्ठ र सक्षम नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाबाट विवेक बन्जरा र सन्ध्या बिक,  थाँक्रे गाउँपालिकाबाट सम्बृदी रुपाखेती, सम्भव रुपाखेती र श्रीकृष्ण सुवेदी, धुनेबेशी नगरपालिकबाट काजल बास्कोटा, रन्जिता तामाङ र श्रीब्मा खकुरेल, नीलकण्ठ नगरपालिकाबाट इशा थापा, सञ्जिवनी पोख्रेल, मनिषा शाक्य र अविज्ञ कार्की, रुबीभ्याली गाउँपालिकाबाट मेनुका तामाङ छनोट भएका छन् ।

त्यसैगरी खनियाबास गाउँपालिकाबाट आशिक तामाङ र फ्लोरिना गुरुङ, ज्वालामुखी गाउँपालिकाबाट सन्देश भट्ट र बबिता गुरुङ, गंगाजमुना गाउँपालिकाबाट टीका नेपाली र श्रेया तामाङ, सिद्धलेक गाउँपालिकाबाट समिर गिरी र रनिशा सुनार, नेत्रावती डबजोङ गाउँपालिकाबाट युनिका श्रेष्ठ र अनुष्का कमर, रोशनी तामाङ,बेनीघाट रोराङ गाउँपालिकाबाटः उमिद थपलिया, राजिव भट्ट र विजय पाण्डे र गजुरी गाउँपालिकाबाट अनिरुद्रसिं बस्नेत र इसा भण्डारी छनोट भएका छन् ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट