काठमाडौं– तेस्रो स्वर्गीय अञ्जन स्मृति कप २०८२ खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले धादिङको बेनीघाट रोराङ गाउँपालिकाको मझिटार खेलमैदानमा खुल्ला फुटबल प्रतियोगिता सुरु गरिएको हो ।
आज भएको उद्घाटन खेलमा सोल्टी नेपाल काठमाडौं विजयी भएका छन् । धुनीवेसी युवा क्लवलाई पेनाल्टी शुटआउटमा ३–१ गोल अन्तरले पछि पार्दै सोल्टी नेपाल काठमाडौंले विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत नतिजा टुंग्याइएको थियो।
प्रतियोगितामा १३ वटा टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । फुटवल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख र द्धितिय हुने टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनल पुग्ने समुहले १०÷१० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप