स्वर्गीय अञ्जन स्मृति कपः उद्घाटन खेलमा सोल्टि नेपाल विजयी

स्वर्गीय अञ्जन स्मृति कपः उद्घाटन खेलमा सोल्टि नेपाल विजयी

काठमाडौं– तेस्रो स्वर्गीय अञ्जन स्मृति कप २०८२ खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले धादिङको बेनीघाट रोराङ गाउँपालिकाको मझिटार खेलमैदानमा खुल्ला फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

Advertisement

आज भएको उद्घाटन खेलमा सोल्टी नेपाल काठमाडौं विजयी भएका छन् । धुनीवेसी युवा क्लवलाई पेनाल्टी शुटआउटमा ३–१ गोल अन्तरले पछि पार्दै सोल्टी नेपाल काठमाडौंले विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत नतिजा टुंग्याइएको थियो।

प्रतियोगितामा १३ वटा टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । फुटवल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख र द्धितिय हुने टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनल पुग्ने समुहले १०÷१० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट