हर्क साम्पाङले पाए दल दर्ताको प्रमाण पत्र

  • २०८२ कार्तिक १६, आईतबार (३६ मिनेट अघि)
  • १२ पटक पढिएको
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाण पत्र

काठामाडौं– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको दलले आधिकारिकता पाएको छ । आइतबार निर्वाचन आयोग पुगेर ‘श्रम संस्कृति पार्टी’ का अध्यक्ष साम्पाङले दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

Advertisement

पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि साम्पाङले ‘माटोको ढिस्को’ चिन्ह लिएर ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निवेदन दिएका थिए ।

त्यस्तै, आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताएका छन्। । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनले बताएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट