





























|फाइल फोटो
काठमाडौं- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
उनले १ हजार ६ सय ६२ मत ल्याई विजयी भएका छन् । पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।



स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
