स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबल प्रतियोगिता हुँदै, यस्तो छ खेल तालिका 

स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबल प्रतियोगिता हुँदै, यस्तो छ खेल तालिका 

धादिङ– धादिङबेसीमा भोलि अर्थात पुस ९ गतेदेखि १२ गतेसम्म स्व. मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तर जिल्ला  महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।  जिल्ला भलिबल संघ धादिङले आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल खेलाडीहरुको टोली सहभागी हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ ‘तिलक’ ले बताए ।

प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल टोलीहरूको सहभागिता रहनेछ । जसमा धादिङ(ए र बी), नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका टोली सहभागी हुनेछन् । खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने नियम रहेकाले काठमाडौं, भक्तपुर र ललितपुरका टोलीहरू प्रतियोगितामा सहभागी छैनन्।

प्रतियोगिताको पहिलो दिन भोलि ६ वटा खेल सञ्चालन हुनेछन्। खेल तालिका अनुसार बिहान ८ बजे धादिङ ‘ए’ र मकवानपुर, ९ बजे नुवाकोट र रामेछाप, १० बजे चितवन र सिन्धुपाल्चोक, ११ बजे मकवानपुर र सिन्धुली, मध्यान्ह १२ बजे रसुवा र धादिङ ‘बी’ तथा दिउँसो २ बजे धादिङ ‘ए’ र सिन्धुलीबीच खेल हुने छन् ।

प्रतियोगितामा विजेता टोलीले नगद २ लाख रुपैयाँ, उपविजेता टोलीले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै स्पाइकर, सेटर, डिफेन्स, सर्भर र बेस्ट प्लेयरसहित ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले खाना तथा आवासको व्यवस्था आफैं गर्नुपर्ने जनाइएको छ । होटल व्यवसायीहरूसँग समन्वय गरी कम शुल्कमा खाना तथा आवासको व्यवस्था गर्न आग्रह गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष गुरुङले  बताए।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट